Lite Nepal

बुधबार, मंसिर २४, २०७७

विराटनगर । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षकको शव बुधबार दिउँसो आफन्त र परिवारका सदस्यले बुझेका छन्।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि शव अन्त्येष्टिका लागि आफन्तले बुझेका हुन्। मिक्लाजुङको मधुमल्लास्थित बक्राहा घाटमा दाहसंस्कार गर्ने गरी शव लगेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

विप्लव समूहले हत्या गरेका शिक्षकको शव मिक्लाजुङ–२ स्थित घरमा लगेर राखिएको छ । उक्त घरमा छोरा छत्रबहादुर परिवारसहित बस्दै आएका थिए । शवको बिहीबार बिहान मिक्लाजुङको मधुमल्लास्थित बक्राहा घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बर्बरतापूर्ण ढंगले मंगलबार बिहान हत्या गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं