Lite Nepal

बिहिबार, मंसिर २५, २०७७

विराटनगर । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षकको आज ९बिहीबार० बिहान अन्त्येष्टि गरिंदै छ।

मिक्लाजुङ गाउँपालिकाको मधुमल्लास्थित बक्राहा खोलाको घाटमा दाहसंस्कार गर्ने तयारी परिवार र आफन्तले गरेका हुन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार पोस्टमार्टम गरेपछि शिक्षक राजेन्द्रकुमार श्रेष्ठको शव आफन्तले अन्तिम संस्कारका लागि बुझेर लगेका थिए।

शव मिक्लाजुङ–२ स्थित घरमा लगेर राखिएको छन्। उक्त घरमा छोरा छत्रबहादुर परिवारसहित बस्थे। घर मृतक श्रेष्ठको मुल घर पनि हो। गाउँमा विद्यालय भएकाले पढाउनुपर्ने भएपछि उनी मिक्लाजुङ–१ बर्खेस्थित घरमा श्रीमतीसहित बस्थे।

अस्पतालबाट शव बुझेर लग्दै घरमा पुर्‍याएपछि रातभर आफन्त, परिवारका सदस्य र स्थानीय बासिन्दाले रुँघेर बसेका थिए। बिहान घाटमा पुर्‍याएर शवको अन्त्येष्टि गर्ने तयारी परिवारले गरेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए। उनका अनुसार राजेन्द्रको शवमा छोरा छत्रबहादुरले दागवत्ति दिनेछन्। शवको धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिसकेपछि परिवारले अन्तिम संस्कारपछि गरिने काजकिरिया सुरु गर्ने आचार्यको भनाइ छ।

मिक्लाजुङ गाउँपालिका–१ बर्खे घर भएका स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बर्बरतापूर्ण ढंगले मंगलबार बिहान हत्या गरिएको थियो। घरैबाट अपहरण गरेर लग्दै आधा घण्टा परको जंगलमा पुर्‍याएपछि आफ्नै नियन्त्रणमा राखेर ‘विप्लव’ समूहले श्रेष्ठको निर्मम हत्या गरेको हो। ‘विप्लव’ समूहले साँझ विज्ञप्ति सार्वजनिक गर्दै विगतको सशस्त्र युद्धकै झल्को दिने घटनाको जिम्मा लिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं