Lite Nepal

आइतबार, मंसिर २८, २०७७

विराटनगर । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले सुराकीको आरोपमा हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन्।

मङलबार बिहान श्रेष्ठलाई अपहरण गर्दै आधा घण्टा परको जंगलमा पुर्‍याएर घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको थियो । हत्या भएपछि प्रहरीले सक्रियताका साथ हत्यामा संलग्नको खोजी गरे पनि कोही पक्राउ गर्न नसकेको हो।

कुनै युद्ध घोषणा नगरे पनि सरकारले प्रतिबन्ध लगाएदेखि भूमिगत बनेर आफ्नो संगठन निर्माणमा लागेको विप्लव समूहले शिक्षकको हत्या गरेपछि प्रहरीले सो समूहविरुद्ध सर्च अप्रेशन नै सुरु गरेको जनाएको छ।

मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले भने, ‘शिक्षकको हत्या गरेपछि प्रहरीले खोजी तिव्र बनाउदै कारवाहीको तयारी गरेको छ।’

यस अघि राजनीतिक चरित्र देखाउदै आएकाले राजनीतिक शक्ति सरह नै मुद्दा चलाउदै आएको उनको भनाइ छ।

नीतिगत निर्णय अनुसार विप्लव समूहले शिक्षकको हत्या गरेको प्रहरीको ठहर छ। शिक्षकको विभस हत्या भएपछि प्रहरीले विप्लव समूहमाथि निगरानी बढाएको छ।

विप्लव समूहले आफ्नाविरुद्ध सुराकी गरेको, नेता तथा कार्यकर्ता पक्राउ गराउनतर्फ लागेको र पार्टीका सबै गतिविधि सुरक्षा निकायलाई जानकारी गराउन थालेको पाइएपछि यो अवस्था आएको दाबी गरेको छ।

वडा अध्यक्ष नरबहादुर राईका अनुसार घटनापछि स्थानीय घर बाहिर निस्कन पनि डराइरहेका छन्। यो घटनाले कसैको घरमा चुह्लो बल्न छोडेको उनको भनाइ छ।

अप्रत्यासित र अपत्यारिलो घटनाले आतंकित पारेपछि सबैले असुरक्षित महसुस गरिरहेको राईको भनाइ बताए ।

मोरङको विकट र दुर्गम गाउँ रहेको त्यहा विप्लव समूहको सैन्य गितिविधि तिव्र भएको र संगठन एवं संरचना विस्तार सहज रुपमा गरिरहेको सूचना आएपछि प्रहरीले विशेष सर्च अभियान चलाएर गत कात्तिक १२ गते दुईजना कार्यकर्तालाई पक्राउ गरेको थियो।

प्रहरीले चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भनिने काशीनाथ घिमिरेलाई पक्राउ गरेको थियो । दुई जना पक्राउ गरिएको घटनामा श्रेष्ठले प्रहरीलाई सुकारी दिएको आरोप विप्लव समूहको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं