लक्ष्मी कटुवाल

सोमबार, मंसिर २९, २०७७

विराटनगर । प्रदेश १ का विभिन्न तीन जिल्लामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यू भएको छ । उदयपुर, मोरङ र पाँचथरमा सवारी दुर्घटना भएको हो ।

आईतवार दिउँसो उदयपुरको चौदण्डीगढी नगरपालिका ६ मा पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १–०५–००१ प १८५० नम्बरको मोटरसाईकल र पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको स.६ प. ९१०१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ९१०१ नम्बरको मोटरसाईकल चालक तुवाचुङ नगरपालिका खोटाङ घर भई उदयपुरको गाईघाटमा बस्ने २० बर्षीय भविन्द्र परियार घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी वीपी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा साँझ साँढे ५ बजे मृत्यु ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यसैगरी बिराटनगर महानगरपालिका ४ ईकराहीमा खेत जोतिरहेको अनटेस्ट ट्याक्टर अचानक दुर्घटना भई पल्टदा घाईते भएका चालक बर्जु गाउँपालिका ६ चिमडीका ५५ बर्षीय आशाराम चौधरीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै आज बिहान साँढे ९ बजे पाँचथरको फिदिम नगरपालिका १ बतासे खोल्सीमा मे १ त ४१८५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टर चालक सुनसरीको झुम्का ठेगाना भएका २६ बर्षीय सन्तोष लम्जेललाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाईएकोमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं