Lite Nepal

सोमबार, पुष ०६, २०७७

विराटनगर । प्रदेश १ मा २ सय ७६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ३ सय ९५ पुगेको छ ।

प्रदेश १ मा आज ९४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५२, सुनसरीमा १९, झापामा ८, संखुवासभामा ३, इलाममा २, भोजपुर, उदयपुर, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ६, बेलबारीमा ४, बुढीगंगामा ३, ग्रामथान, लेटाङ, कटहरी, उर्लाबारीमा २–२, केराबरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ८, धरानमा ४, दुहवीमा २, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१, झापाको कनकाई, बा¥हदशी, विर्तामोड, दमक, गौरादह, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवीमा २ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा २, भोजपुर, उदयपुरको बेलका, पाँचथर, ताप्लेजुङको पाथीभरा याङवरकमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४२६ पुगेको छ ।

प्रदेश १ मा आज ७ सय ५० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४१ म्हिला र ५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ५ हजार ६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं