Lite Nepal

शनिबार, पुष ११, २०७७

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ को रजिष्ट्रेसन फाराम र कक्षा १० को परीक्षा आवेदन फाराम खुला गर्ने भएको छ । आगामी हप्ता रजिष्ट्रेसन र परीक्षा आवेदन फाराम खुला गर्ने बोर्ड बैठकले निर्णय गरेको छ ।

असोजको पहिलो सातामा खुल्नुपर्ने दुवै फाराम यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) संघ (राष्ट्रिय परीक्षा बोर्ड)ले वा प्रदेशले वा गत वर्ष जस्तै विद्यालयले सञ्चालन गर्ने भन्ने प्रष्ट नहुँदा फाराम खुला गरिएको थिएन ।

लामो समयसम्म पनि एसईई सञ्चालन गर्ने निकायका बारेमा टुङ्गो नलागेपछि रजिष्ट्रेसन र फाराम भने खोल्ने निर्णय बोर्डले गरेको छ । परीक्षा जसले गर्ने भएपनि प्रकृया अगाडि बढाउनपर्छ भनेर फाराम खोल्ने निर्णय गरेको परीक्षा नियन्त्रक (कक्षा १०) रामराज खकुरेलले बताए ।

बोर्डले आगामी साता दुवै फाराम भर्नका लागि सूचना सार्वजनिक गर्ने भएका हो । खकुरेलका अनुसार विद्यार्थीलाई आगामी माघ मसान्तसम्मको समयावधि दिएर फाराम भर्न लगाइने छ ।

उनका अनुसार विगतमा जस्तै विद्यार्थीले विद्यालयमा नै फाराम भर्नु पर्नेछ । भरिएको फारामलाई विद्यालयले सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्नेछ ।

फाराम भर्न ३५ दिने सूचना सार्वजनिक गर्ने चलन छ । एकाइले नै विद्यार्थीको सिम्बोल नम्बर कायम गर्ने व्यवस्था छ । एसईईका लागि आवेदन फारामको शुल्क ५०० रूपैयाँ र रजिट्रेसन फारामका लागि ३०० रूपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं