Lite Nepal

शनिबार, पुष ११, २०७७

दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काई–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे १ क १४१ स्कुल बससँग ठोक्किँदा मे ९ प ५५६६ नम्बरको मोटरसाइकलमा सवार राजवंशीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट सख्त घाइते हुनुभएका राजवंशीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलका चालक गौरीगञ्ज गाउँपालिका–३ का २८ वर्षीय दिनेश्वर राजवंशीको बायाँ खुट्टा भाँच्चिएको छ । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न बस र कन्काइ नगरपालिका–३ बस्ने अन्दाजी ४८ वर्षीय बस चालक तिलक बुढाथोकीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं