Lite Nepal

आइतबार, पौष १२, २०७७

खाँदबारी । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

आइतबार दिउँसो बरिव ३ तिर विप्लब समुह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले जानकारी दिए । सोही स्थानमा यस अघि पनि विप्लव समुह र प्रहरीबिच गोली हानाहान भएको थियो ।

विप्लव कार्यकर्ताले प्रहरीको नियमित गस्तीमाथि गोली प्रहार गरे पछि प्रहरीले जवाफी फाइरिङ गरेको डिएसपी मल्लले बताए । डिएसपी मल्ले भने ‘त्यस क्षेत्रमा लुकेर बसेको विप्लवका जिल्ला ईन्चार्ज उत्तरकुमार भनिने युवराज राई समेतका विप्लव कार्यकर्ताले प्रहरीले गोली चलाएको हो ।’

विप्लव समुहले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको उनले बताए । प्रहरीले फायरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको डिएपी मल्लले जानकारी दिए । प्रहरीले विप्लव समुहले प्रयोग गरेका केही विस्फोटक सामाग्रीहरु समेत सोही स्थानबाट बरामद गरेको बताइएको छ ।

गोली चलेपनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । स्थानीयका अनुसार दुवै पक्षबीच केहीबेर गोली हानाहान भएको थियो । घटना पछि उनिहरुको खोजीका लागि थप प्रहरी परिचालन गरिएको डिएसी मल्लले जानकारी दिए ।

मैदानेमा गत मंसिर १ मा पनि प्रहरी र विप्लव समुह बिच गोली हानाहान भएको थियो । त्यसैगरी २०७६ असारमा पनि जिल्लाकै सिलिचोङ गाउँपालिका–१ मा प्रहरी र विप्लव समुह विच गोलि हानाहान भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा