लक्ष्मी कटुवाल

मंगलबार, पुष १४, २०७७

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका १० मा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेको को २ च १५८२ नम्बरको पिकअप चालक, केराबारी गाउँपालिका ८ मोरङका ४६ वर्षीय भोजराज आचार्यलाई ठक्कर दिदा घाईते भएका थिए ।

घाईते भएका आचार्यको बिर्तामोडको बि.एण्ड.सी अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यलय सुरुङगाले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं