Lite Nepal

शुक्रबार, पौष १७, २०७७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने जनाएको छ ।

पछिल्ला केहि दिन लगातार बत्ति जान थालेपछि उपभोक्ता लोडसेडिङको डरमा रहेका बेला प्राधिकरणले विज्ञप्तीमार्फत प्राविधिक समस्याले गर्दा केहि ठाउँमा बत्ति गएको र समस्या समाधान भइसकेको दाबी गरेको छ ।

नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको उत्पादनले नपुगेको बिजुली भारतबाट आयात भइरहेकाले लोडसेडिङ नभएको र अब पनि नहुनेमा ढुक्क रहन प्राधिकरणले आग्रह गरेको छ ।

विभिन्न विकास निर्माणका काम गर्दा पोल सार्नुपर्ने, ट्रान्सफर्मर परिवर्तन गर्नुपर्ने र अन्य संरचना मर्मतको कारणले पनि केहि समय विद्युत कटौती गर्नुपर्ने अवस्था रहेको भन्दै प्राधिकरणले यस्ता समस्या बुझिदिन पनि अनुरोध गरेको छ ।

नेपालमा ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेकाले अब लोडसेडिङ गर्नुपर्ने अवस्था नआउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा