Lite Nepal

शुक्रबार, पुष १७, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको एकल अधिवेशन शुक्रबार सुरु हुँदै छ। संसद्को मुख्य काम कानुन निर्माण, संशोधन र परिमार्जन गर्ने भए पनि यो काममा राष्ट्रियसभा एक्लैले मात्र गरेर पूर्णता पाउँदैन। संविधान, कानुन र संसद् नियमावलीले राष्ट्रियसभाले बनाउने कानुनलाई प्रतिनिधिसभाले पारित गरे मात्र अन्तिम रूप पाउने व्यवस्था गरेका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो। प्रतिनिधिसभा विघटनमा परे पनि संवैधानिक संकट टार्न राष्ट्रियसभाको अधिवेशन बस्न लागेको हो। एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्न्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ। सरकारको सिफारिसमा असार १८ गते दुवै सदनका अधिवेशन अन्त्य गरिएको थियो।

प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको एकल अधिवेशन बस्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ मा भनिएको छ, ‘यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको आह्वान गर्नेछ।’

राष्ट्रियसभा सचिवालयका अनुसार ६ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छन्। १० वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा छन्। राष्ट्रियसभाले पारित गरेका ६ विधेयक प्रतिनिधिसभाबाट फिर्ता आउन बाँकी रहेकाले ती विधेयक अघि बढ्ने अवस्था छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं