Lite Nepal

शनिबार, पुष १८, २०७७

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ५२५ पुगेको छ ।

प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २, सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमतिको संख्या २९ हजार ८४३ पुगेको छ ।

प्रदेश १ मा आज ३२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ९ हजार २३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं