Lite Nepal

आइतबार, पुष १९, २०७७

काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक बदली रहेको छ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती उच्च हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी र गण्डकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र बाग्मति प्रदेशका उच्च हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागहरुका केहि स्थानहरु तथा बाग्मती र प्रदेश न। १ को भू(भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी , बाग्मती प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भू(भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागहरुका थोरै स्थानहरु तथा बाग्मति र प्रदेश न। १ को भू(भागहरुका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं