Lite Nepal

बुधबार, पुष २२, २०७७

विराटनगर । मंगलबारसम्म परेका कोरोना बिमा दाबीमध्ये करिब २ हजार ५ सय वटाको प्रक्रिया नमिलेको पाइएको छ । प्रायःको नाम, थर, ठेगाना, परीक्षण मिति लगायत विवरण नमिलेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० बाट फिर्ता आएको बीमा समितिले जनाएको छ ।

‘प्रमाणीकरणबाट फिर्ता भएका करिब २ हजार ५ सय त्यस्ता दाबी छन्,’ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘ती दाबीबारे कोरोना बिमा दाबी व्यवस्थापन उपसमितिमा निर्णय गरिनेछ ।’

उपसमितिमा छलफल भएपछि ती दाबी भुक्तानी गर्न मिल्ने, नमिल्नेबारे निर्णय गरिने उनले बताए । सोही विषयमा छलफलका लागि बुधबार उपसमितिको बैठक बोलाइएको उनले जानकारी दिए ।

दाबी भुक्तानी ढिलाइ भएको विषयमा मंगलबार पनि अर्थ मन्त्रालयमा छलफल भएको छ । छलफलमा विवादित दाबीको निर्णय बिमा दाबी व्यवस्थापन उपसमितिमार्फत गर्न पनि अर्थमन्त्रालयलाई दिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं