Lite Nepal

शुक्रबार, पौष २४, २०७७

विराटनगर । प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएको छ । मोरङ र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामको चुलाचुलीमा ४ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमितको संख्या २९ हजार ९६६ पुगेको छ । संक्रिय संक्रमित २९७ जना छन् ।

प्रदेश १ मा आज ५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४७, नोवेल मेडिकल कलेजबाट ३ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ६०२ पुगेको छ ।

प्रदेश १ मा आज २३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ३२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा