Lite Nepal

बिहिबार, माघ १५, २०७७

झापा । महिला उद्यमी संघ झापाले शनिबार बिर्तामोडमा खाना महोत्सव गर्ने भएको छ । महोत्सवमा उद्यमी महिलाले तयार पारेका खाद्य परिकार पाहुनालाई खुवाइने महिला उद्यमी संघ झापाले जनाएको छ ।

मौलिक परिकारलाई प्रचार र व्यवसायिक प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको महिला उद्यमी संघ झापा अध्यक्ष नैनकला भट्टराईले जनाइन् । ‘खाद्यलाई उद्यमसँग जोढ्न १ दिने महोत्सवको आयोजना गरेका छौँ’ भट्टराईले भनिन्, ‘गत वर्षदेखि शुरु गरिएको खाना महोत्सवलाईं यस वर्षपनि निरन्तरता दिएका हौँ ।’

महिला उद्यमी संघ प्रदेश–१ संयोजक गोमा भट्टराई गतवर्षको खाना महोत्सव प्रभावकारी भएकै कारण यसवर्ष पनि आयोजना गरिएको बताउँछिन् । खाना महोत्सवमा ढिँडो, गुन्द्रुकको अचार, सेलरोटी, तरुल, तरकारी, सिस्नोको सुप लगायतका परिकार खुवाइने भट्टराईले जानकारी दिइन् ।

झापाकै महिला उद्यमीले उत्पादन गरेको मौलिक साथै अग्र्यानिक परिकारको स्वाद सबैलाई चखाउने उद्देश्य रहेको उनले बताइन् । महोत्सवमा १ हजार जनालाई मौलिक परिकारसहितको खाना खुवाउने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा