Lite Nepal

मंगलबार, माघ २०, २०७७

विराटनगर । विद्यालय शिक्षामा सर्वोत्कृष्टको छवि बनाएको विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसनले गन्तव्य विश्वविद्यालय तहसम्म सर्वोत्कृष्टता हासिल गर्ने बनाएको छ ।

मन्टेश्वरी कक्षा देखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको फाउण्डेशनले यसवर्षदेखि विराटनगरमा सञ्चालित एम्स कलेजलाई समेत आफ्नो स्वामित्वमा लिएको छ । यो सँगै फाउण्डेसन अन्तर्गत न्यू एभरेष्ट कलेज, विराटनगर– ५ र एम्स कलेज विराटनगर–९ बाट स्नातक तहमा विभिन्न विषयका अध्यापन शुरु गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका बिबिएस र बिएससि सिएसआइटी, बिएचएम र बिएका कोर्ष अध्यापन गराउने यस फाउण्डेसनले न्यू एभरेष्ट कलेजमा बिबिएस र बिएससि सिएसआइटीका कक्षा सञ्चालन गर्दैछ, एम्स कलेजमा बिबिएस सहित बिएचएम र बिएका कोर्षहरुको अध्ययापन गरिने फाउण्डेसनका प्रबन्ध निर्देशक तथा प्राचार्य टीकाराम पुरीले बताउनुभयो ।

अत्याधुनिक भौतिक संरचनासहित सञ्चालनमा रहेको फाउण्डेसनले शिक्षा समेत अन्तर्राष्ट्रियस्तरको प्रदान गर्ने अठोट लिएको छ । हामी प्रदेश १ को राजधानी विराटनगरबाट नै विश्वस्तरीय शिक्षा प्रदान गर्दैछौं, प्राचार्य पुरीले भन्नुभयो, अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि अब भौतारीनु पर्दैन ।

मन्टेश्वरीदेखि कक्षा १२ सम्मको अध्ययन र नतिजामा उत्कृष्ट बन्दै अघि बढेको एभरेष्ट एकजुकेशन फाउण्डेसनले आफ्ना छात्रछात्रा विश्वजगतमा सहजै प्रतिष्पर्धि बन्नसक्ने दावी गरेको छ ।

प्रविधियुक्त गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मर्मलाई आत्मसाथ गरेको यस फाउण्डेसन अन्तर्गतका सवैसंस्थालाई प्रविधिमैत्री बनाएको छ । यस्तै अध्ययापन गराउने शिक्षक तथा प्राध्यापकहरुलाई समेत अपडेट गराउँदै सवैलाई प्रविधिमैत्री बनाएको छ ।

पछिल्लो समय एभरेष्ट विद्यार्थी तथा अभिभावकको पहिलो रोजाई बन्दै गएको छ । अन्तर्राष्ट्रियस्तरको भौतिक संरचना, प्रविधियुक्त र अभ्यासमा आधारीत अध्ययापन, खेलकुद तथा मनोरञ्जनका लागि अन्तर्राष्ट्रियस्तरका पूर्वाधारलगायतले सवैको आकर्षणको केन्द्र बनेको हो । स्वीमिङपुल, बास्केटबल, फुटबल, टेबलटेनिसलगायतका खेलकुदकालागि निर्माण गरिएका भौतिक पूर्वाधारले समेत सवैको मन जित्ने गरेको छ ।

परिणाममुखि अध्ययापन गराउने एभरेष्ट एजुकेशन फाउण्डेसनले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति पनि उसैगरि ध्यान दिएको अभिभावकको बुझाई छ । अभिभावकसंघका प्रदेश अध्यक्ष देवी पन्थि भन्नुहुन्छ, एभरेष्ट एजुकेशन फाउण्डेसनले गरेको शैक्षिक र पूर्वाधार विकासले प्रदेशकै साख बढाएको छ । अन्तर्राष्ट्रियस्तरको शिक्षा लिन विदेश नै जानुपर्ने बाध्यतालाई यसले हटाएको उहाँको भनाई छ ।

कक्षा १२ को नजिता प्रकाशन भएसँगै यस एजुकेशन फाउण्डेसन अन्तर्गतको एम्स कलेजले समेत बिएचएम अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आकर्षण गरेको छ । नयाँ व्यवस्थापनसहित सञ्चालित यस कलेजले गरेको भौतिक संरचनाको विकास, आफ्नै बेकरी उद्योग, कफी सप र तालिम ल्यावले विद्यार्थीको मन जितेको हो ।

फाउण्डेसनले स्नातकतहको अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई समयमै सम्पर्क गर्न समेत अनुरोध गरेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न निश्चित विद्यार्थीको मात्र भर्ना लिइने भन्दै प्राचार्य पुरीले निर्धारीत समयपछि आउने विद्यार्थीको भर्ना लिन नसकिने समेत सवैमा जानकारी गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा