Lite Nepal

मंगलबार, माघ २०, २०७७

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको वैठक प्रदेश १ को राजधानी विराटनगरमा बस्ने भएको छ ।

संघीय राजधानी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्याब्सनको केन्द्रीय समितिको बैठक धेरैवर्षपछि विराटनगरमा बस्न लागेको हो ।

प्याब्सन मोरङको कार्यालयमा २२ गते केन्द्रीय समितिको सचिवालय बैठक र २३ गते होटल स्टर्नस्टारमा केन्द्रीय कार्यसमितिको वैठक बस्ने बताइएको छ ।

देशरभरबाट नेतृत्व गर्दै प्याब्सन केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी, सल्लाहकार र कार्यसमितिका सदस्यगरि १ सय ५० जनाको सहभागिता रहने प्याब्सनले जनाएको छ ।

विराटनगरमा बस्ने बैठक कोभिड–१९ ले निजी विद्यालयहरुमा पारेको प्रभावको न्यूनिकरण, विद्यार्थीहरुको अध्ययनमा पारेको प्रभावको न्यूनिकरण कसरी गर्ने भन्नेमा केन्द्रित रहने प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताउनुभयो ।

यस्तै चालु शैक्षिक सत्रको अन्त्य र नयाँ शैक्षिकसत्रको प्रारम्भ कहिले गर्ने भन्नेलगायतका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा