Lite Nepal

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं । महिला लघुवित्तको आर्ईपीओ आजबाट बिक्री खुला गरिएको छ । आजबाट आवेदन खुला भएको आईपीओ छिटोमा फागुन ४ गते र ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ ।

महिला लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओ मध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोष र ५ हजार कित्ता कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

काभ्रेको बनेपा नगरपालिकामा केन्द्रीय कार्यलय रहेको लघुवित्तले जारी पुँजी १० करोडको ४० प्रतिशत साधारण सेयर बिक्री सुरु गरेको हो । हाल ६ करोड चुक्ता पुँजी रहेको लघुवित्तको आईपीओ निष्कासन पछि १० करोड पुग्नेछ ।

कम्पनीको आर्थिक वर्षमा २०७५/०७६ मा ६ करोड १७ लाख ८० हजार सञ्चित नाफामा रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८२ पैसा रहेको थियो । यो लघुवित्तले आर्थिक वर्ष २०७६/०७७ मा ९ करोड ३५ लाख ४० हजार सञ्चित मुनाफा आर्जन गर्दै प्रति सेयर आम्दानी ५७ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ १६ पुगेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा १४ करोड ४७ लाख ६६ हजार, आर्थिक वर्ष २०७८/०७९ मा २१ करोड १ लाख ३२ हजार र आर्थिक वर्ष २०७९/०८० मा ३१ करोड ४९ लाख ५२ हजार सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण लघुवित्तले गरेको छ ।

लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा