Lite Nepal

बुधबार, फाल्गुण २६, २०७७

ताप्लेजुङ । नेपालमा खेती सुरु भएको वर्षौपछि अलैंचीको जात पहिचान गर्न थालिएको छ । अलैंची विकास केन्द्र इलामले पाँच वटा जात पहिचान गरी दर्ताका लागि कृषि मन्त्रालयमा सिफारिस गरेको छ ।

नेपालमा खेती हुने १४ वटा अलैंचीका जातमध्ये ५ वटा दर्ताका लागि सिफारिस भएको छ । कृषि मन्त्रालयका महानिर्देशकको संयोजकत्वमा गठित समितिले रामसाई, गोलसाई, डम्वरसाई, भार्लाङ र जिर्मले जातको अलैंची दर्ताका लागि सिफारिस गरेको हो ।

मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको समितिले स्विकृत गरेर राजपत्रमा प्रकाशित गरेपछि यसले मान्यता पाउनेछ ।

दर्ता भएपछि अन्तर्राष्ट्रिय मान्यतासमेत पाउने यी जातको खेती गर्ने किसानले मल, बिउ, बिरुवा तथा सिचाईमा सरकारको सहयोग प्राप्त गर्ने कार्यालयको दाबी छ ।

धेरै खेती हुने यी जातपछि अरुपनि क्रमश प्राथमिकतामा पर्ने सिफारिस समितिको तर्क छ । किसानले भने यक्तिका वर्षपछि सुरु भएको दर्ता प्रकृयामा सबैजातलाई समेट्नुपर्ने बताउँछन् ।

अलैंची ब्यवसायीको तथ्यांक अनुसार नेपालका ४१ जिल्लामा अलैंचीको खेती भइरहेको छ । वाषिर्क पााच हजार टनको हाराहारीमा उत्पादन हुन्छ ।

नेपालमा जात पहिचान तथा दर्ता नहुादा सबै भारतीय अलैंचीको रुपमा बिदेश निर्यात भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा