Lite Nepal

शुक्रबार, फाल्गुण २८, २०७७

विराटनगर । नेपालबाट विदेश निर्यात हुने वस्तुमध्येको एक वस्तु अलैँचीको निकासीको मूल्य र परिणाम बढेको छ । अघिल्लो वर्षको यहि अवधिको तुलनामा चालू वर्षको सात महिने अवधिमा अलैँचीको निकासी बढेको हो ।

आर्थिक वर्ष २०७७÷७८ को माघ महिनासम्ममा नेपालबाट कुल ४ अर्ब २८ करोड रुपैयाँ बराबरको ५३ लाख ६२ हजार किलो अलैँची निर्यात भएको छ । भन्सार विभागको सात महिनाको तथ्यांकअनुसार नेपालबाट अलैँचीको निर्यात बढेको हो ।

अघिल्लो वर्षको यहि अवधि अर्थात आर्थिक वर्ष २०७६÷७७ को माघ महिनासम्म जम्मा १ अर्ब ४६ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो। जुन, यस वर्षको निर्यातको तुलनामा २ अर्ब ८२ करोडले कम हो ।

त्यस अवधिमा नेपालले जम्मा १८ लाख २१ हजार किलो अलैँची निर्यात भएको तथ्यांक छ । नेपालबाट निकासी हुने अलैँचीको सबैभन्दा ठूलो बजार भारत हो । कुल निर्यातको ९९ प्रतिशत हिस्सा भारतमै निकासी भएको तथ्यांले देखाएको छ ।

नेपालबाट चालू वर्षको सात महिनामा कुल ४ अर्ब २८ करोड रुपैयाँको निकासी भएको छ । जसमध्ये ४ अर्ब २४ करोड रुपैयाँको ५२ लाख किलो अलैँची भारतमा निर्यात भएको छ ।

यसबाहेक बाँकी ३३ करोड ८५ लाख रुपैयाँ बराबरको ९६ हजार किलो पाकिस्तानमा निर्यात भएको विभागले जानकारी दिएको छ ।

अघिल्लो वर्ष भने नेपालबाट चीन र युनाइटेड अरब इमिरेट्स (यूएई)मा समेत अलैँची निर्यात भएको थियो । तर, चालू वर्ष भने ती दुई मुलुकमा निर्यात नभई नयाँ गन्तव्यका रुपमा पाकिस्तान निकासी भएको हो ।

गत वर्षको तुलनामा नेपालमा उत्पादन बढ्दा अलैँचीको निर्यात बढेको सरोकारवालाहरु बताउँछन् व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले पनि नेपालको उत्पादन बढ्दा निर्यात बढेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं