ताप्लेजुङ समाचारदाता

शुक्रबार, बैशाख ०३, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा शुक्रबार दिउँसो परेको वर्षासहितको असिनाले करोडौ मुल्य बराबरको नगदे बाली नष्ट गरेको छ ।

शुक्रबार दिउँसो तीन बजेबाट परेको असिनाले आलु खेतीका लागि प्रख्यात फुङ्लिङ नगरपालिका ९ बुङ्कुलुङ्गमा सबैभन्दा बढी क्षती पु¥याएको छ ।

असिनाका कारण यस क्षेत्रका कृषकले लगाएको आलु, जौं, गहुँ र तरकारीबालिमा सबैभन्दा बढी क्षती पु¥याएको स्थानीय कृषक समेत रहेका प्रधानमन्त्री आधुनिकिकरण कार्यक्रम अन्तर्गत आलु ब्लक क्षेत्रका संयोजक पासाङ् रिता शेर्पाले बताए ।

‘अचानक आएको असिनाले धेरै क्षती पु¥याएको छ, यो वर्ष कृषकले बालीको बीमा समेत नगरेकाले झनै समस्या भयो,’ उनले भने ‘यो विपतमा सरकारले कृषकलाई न्याय गर्नुपर्छ ।’ अघिल्लो वर्ष पनि असिना पानीले खेतीमा क्षति पु¥याएको तर, बीमाले केही राहत भएको कृषक शेर्पा बताउँछन् ।

ताप्लेजुङको सबैभन्दा बढी व्यवसायिक रुपमा आलु खेती हुने र बिक्रि हुने स्थानका रुपमा चिनिएको बुङ्कुलुङ्गका ६० घर परिवारले लगाएको आलुसहितको नगदे खेतीमा शुक्रबार आएको असिनाले क्षती पु¥याएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा