Lite Nepal

मंगलबार, बैशाख १४, २०७८

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले अघि सारेको नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धन का लागि ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणालाई आदिवासी जनजाति संघसँग आबद्ध संघ संस्थाहरुले स्वागत गरेका छन् ।

उनीहरुले आदिवासी जनजातिको परम्परा, संस्कृति एवं पहिचानको व्यवसायीकरण गर्ने योजनाका रुपमा ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणालाइ लिएको बताएका छन् ।

मन्त्री राईलाई आज ज्ञापन पत्र बुझाउँदै उनीहरुले आदिवासी जनजाति महिलाहरुको ज्ञान, सीप प्रविधि तथा रोजगारीसँग जोडिनका साथै आदिवासी जनजातिहरुको जम्म देखि मृत्यु पर्यन्त सम्म पनि प्रयोग हुने धर्म संस्कार संस्कृतिसँग नेपाली घरेलु मदिरा जोडिएको बताएका छन् ।

ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च प्रदेश १ अध्यक्ष माया राईले नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै उत्पादित नेपाली घरेलु मदिराको बजारिकरण गरिउको खण्डमा कृषि उत्पादनमा बृद्धि, सोजगारी सृजना, गरिवी न्युनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्दा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणाको उच्च मूल्यांकन गर्नुभयो ।

सामाजिक विकास मन्त्री राईलाई राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, राष्ट्रिय जनजाति महिला महासंघ समन्वय परिषद् सुनसरी, राष्ट्रिय जनजाति महिला महासंघ समन्वय परिषद् इटहरी, किराँत राई सुम्निमा संघ, इटहरी र किरात राई सुम्निमा संघ प्रारम्भिक कार्यसमितिले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै मन्त्री राईले आफुले अघि सारेको काममा साथ दिन सवैलाई आग्रह गर्नुभयो । ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा सफल भएरै छाड्ने उहाँले बताउनुभयो ।

प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवद्र्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा कार्यदल गठन गरेको छ । ४५ दिनको समयअवधि दिएर सामाजिक विकास मन्त्रालयले कार्यदल गठन गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताउनुभयो । उहाँले राष्ट्रिय जनजाति आवद्ध संघ संस्थाका प्रतिनिधिहरुलाई कार्यदललाई आवस्यक सुझाव दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च प्रदेश १ अध्यक्ष माया राईले प्रदेश १ मा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई पनि ज्ञापन पत्र बुझाउने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा