Lite Nepal

बुधबार, बैशाख १५, २०७८

इटहरी । इटहरी उपमहानगरले बुधबार बजार अनुगमन गरेको छ । इटहरी उपमहानगरकी उपप्रमुख तथा उपभोक्ता हीत संरक्षण समिति संयोजक लक्ष्मी गौतमको नेतृत्वमा जिल्ला प्रशासन,खादय प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च र प्रहरीको सहभागितामा बजार अनुगमन गरिएको हो ।

बुधबार खादय समाग्री बेचविखन गर्ने ९ वटा पसलको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवेल किशोर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा पसलमा तीन वटा जाम म्याद गुज्रिएको पाइएकोले जफत गरि नष्ट गरिएको छ ।

व्यवसाय अनुमति पत्र नलिइ संचालित एक पसललाई तीन दिन भित्र अनुमति लिन निर्देशन दिइएको छ । काजु, किसमिस, वदाम विना लेवल वेचखिन गरेको पाइएको छ ।

खादय प्रविधि तथा गुण नियन्त्रण कार्यालय वाट इजाजत लिएर लेवल राखेर मात्र वेचविखन गर्न निर्देशन दिइएको छ । इटहरीमा वजार अनुगमनलाई निरन्तरता दिइने उपमेयर गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं