Lite Nepal

शनिबार, बैशाख २५, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या थपिन थालेको छ । शनिबार विहान पनि थप एक जना संक्रमितको उपचारका क्रममा धरानमा मृत्यू भएको छ ।

मृत्यू हुनेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका १ की २० वर्षीया मनकुमारी शेर्पा रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

दुई दिन अघि कोरोना संक्रमण देखिएपछि उनलाई धरान लगिएको थियो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार ताप्लेजुङमा संक्रमण भएर डिस्चार्ज हुने क्रम पनि सुरु भएको छ । पछिल्लो समय फैलिएको संक्रमणबाट संक्रमित बनेका ३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं