Lite Nepal

शनिबार, बैशाख २५, २०७८

विराटनगर । झापा बिर्तामोडस्थित बीएन्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न हालसम्म भेन्टिलेटरसहित सघन उपाचारकक्ष (आईसीयू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ ।

बीएन्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल सञ्चालनमा रहेका ६५ भेन्टिलेटरसहित आईसीयू शय्यामध्ये २५ कोभिडका बिरामीलाई छुट्ट्याइएको छ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारी गर्दै अगामी १० दिनभित्र प्लान्ट सुचारु हुने जनाएको छ ।

ती दुवै अस्पतालका तर्फबाट कार्यकारी निर्देशक दुर्गा प्रसाईंद्वारा जारी विज्ञप्तिमा कोरोनाका बिरामीलाई उपचार गर्न अस्पतालमा भौतिक पूर्वाधार, जनशक्ति तथा प्रयोगशाला सक्षम रहेको उल्लेख छ । आज मात्र काठमाडौंस्थित ह्याम्स अस्पतालबाट पाँचथरका ५२ वर्षीय संक्रमित दीपकराज आङदम्बेलार्ई ‘हवाई बेड लिफ्ट’ गरी बीएन्डसी अस्पताल लगिएको अस्पतालले जनाएको छ ।

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा भेन्टिलेटर तथा अक्सिजनको अभावभएपछि ‘हवाई बेड लिफ्ट’ गरी संक्रमितलाई धमाधम बीएन्डसी पुर्‍याउनेक्रम जारी रहेको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार दाङ र पर्साका दुई संक्रमितलाई सो बीएन्डसी अस्पतालमा लगिएको थियो ।

उनले विज्ञप्तिमा भनेका छन्, “कोरोना उपचारमा बीएन्डसी सरकारलाई सधैँ सहयोग गर्न तयार छ । हालसम्म कोरोनाका संक्रमितलाई उपचार गर्न भेन्टिलेटरसहित आईसीयू तथा अक्सिजनको अभाव रहेको छैन ।”

अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिएको जानकारी अनुसार भेन्टिलेटरसहित आईसीयूका लागि देशभरबाट बीएन्डसीमा सम्पर्क गर्नेक्रम बढ्दो छ । उनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग–अलग भेन्टिलेटरसहित आईसीयू शय्याको ब्लक सञ्चालनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं