Lite Nepal

शनिबार, बैशाख २५, २०७८

काठमाडौँ । सरकारले वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि नियमित अधिवेशन बोलाउन सिफारिस गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले बैठक सिफारिस गरिएको हो । बजेट ल्याउनका लागि बर्षे अधिवेशन बोलाउन मन्त्रिपरिषद्ले सिफारिस गरेको हो ।

यस्तै कोरोना नियन्त्रणका लागि राज्यका सबै स्रोतसाधन परिचालन गर्ने निर्णय पनि भएको छ । बैठकले कोभिड विशेष अस्पताल बनाउने कार्यविधि पनि पारित गरेको छ ।

मन्त्रिपरिषद्को यो निर्णयसँगै वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको कोरोना विशेष अस्पतालमा रुपान्तरण गरिनेछ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै स्रोत साधन परिचालन गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा