लक्ष्मी कटुवाल

आइतबार, बैशाख २६, २०७८

विराटनगर । आइतबार विहान चट्याङमा परी मोरङमा एक जनाको मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् ।

मृत्यू हुनेमा रंगेली नगरपालिका १ हाटखोलाका ३० वर्षीय प्रविन माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा घाईते भएका थिए । उपचारका लागि रंगेली अस्पताल पु¥याउन साथ उनको मृत्यू भएको हो ।

यस्तै आईतबार विहानै परेको चट्याङ लागेर जहदा गाउँपालिका ६ पोखरीया का ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती २६ वर्षीय मजाननारा खातुन घाइते भएका छन् ।

उनीहरुको कोशी अस्पतालमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं