Lite Nepal

सोमबार, बैशाख २७, २०७८

काठमाडौं । पुष्पकमल दाहाल‘प्रचण्ड’प्रधानमन्त्री केपी ओलीलाई सदनले विश्वासको मत नदिने स्पष्ट पारेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत माग्ने नैतिकता नभएको दाबी गरेका छन्।

‘यो सदनले विश्वासको मत दिँदैन।’उनले भने,‘लोकतान्त्रिक अधिकार भित्रै प्रधानमन्त्री जीले विश्वासको मतको अपिललाई सम्मान गर्न चाहन्छु तर सरकार गठन भए यता गरेका कार्य हेर्दा विश्वासको मत प्राप्त गर्ने स्थिति छैन।’

उनले संविधान मर्म अनुसार नै संसद् पुनस्स्थापना भएलगत्तै ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको स्मरण गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं