Lite Nepal

सोमबार, बैशाख २७, २०७८

विराटनगर । मोरङको रंगेलीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यू भएको छ ।

सोमबार बिहान रंगेली नगरपालीका ९ मा रहेको इट्टा बनाउन खनेको खाल्डोमा डुबेर मजदुर भुसनिया मियाका छोरा अलिअर मियाको मृत्यु भएको इलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ ।

भरत घर भएका मजदुर मियाँ देवी इट्टा उद्योगमा काम गर्थे । सोही उद्योगले खाल्डो खनेको थियो ।

खेल्ने क्रममा पानीको खाल्डोमा बालक डुबेर घाईते भएका थिए । घाइते बालकलाई उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं