Lite Nepal

शनिबार, भाद्र ०५, २०७८

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

१३ हजार ७५ नमूना परीक्षणमा यो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

७७०३ नमूनाको पीसीआर र ५ हजार ३७२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो। जसमध्ये १ हजार ४२४ नमूनाको पीसीआर र ६५१ नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

यस्तै शनिवार कोरोनाबाट थप ३० जनाले ज्यान गुमाएका छन् । यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।

पछिल्लो २४ घन्टामा २३ सय ८२ जना कोरोनामुक्त भएका छन्। हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ पुगेको छ।

संक्रमित ७१८ जनाको आइसीयूमा र १६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा