Lite Nepal

मंगलबार, आषाढ २८, २०७९

इलाम – इलाम जिल्लामा पनि नैरोबी फ्लाईको संक्रमण भेटिएको छ । नैरोबी फ्लाईलाई एसिड फ्लाई पनि भनिन्छ।

माई, सूर्योदय र इलाम नगरपालिका र रोङ गाउँपालिकालगायत जिल्लाका केही स्थानीय तहमा नैरोबी फ्लाई सङ्क्रमणबाट पीडित व्यक्तिहरू भेटिएका छन्।

रातो र कालो पेट भएको लामखुट्टे जस्तो देखिने कीरा नैरोबी फ्लाईको टोकाइबाट संक्रमण भएको बताइएको छ । कीराको दिसाबाट यो संक्रमण मानिसमा सर्छ । जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले नैरोबी फ्लाईबाट संक्रमित व्यक्ति अस्पताल आउन थालेको बताए ।

उनले भने, ‘किराको टोकाइबाट बच्न रातिको समयमा लामखुट्टेको जाली प्रयोग गर्नुपर्छ । हालैको अवधिमा नैरोबी फ्लाईबाट सङ्क्रमित व्यक्तिहरू जिल्ला सरकारी अस्पताल र निजी अस्पतालका साथै फार्मेसीहरूमा गएको पाइएको छ। संक्रमित व्यक्तिमा दाना, चिलाउने र छालामा छाला हुने जस्ता विभिन्न लक्षणहरू देखा पर्छन्। नैरोबी फ्लाई संक्रमणको उपचार हुने भएकाले नआत्तिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । विशेषगरी बालबालिका र वृद्धवृद्धालाई संक्रमणबाट जोगाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं