Lite Nepal

बिहिबार, आषाढ ३०, २०७९

विराटनगर – सुनसरीको र उदयपुरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बुधवार बेलुका साँढे ७ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ च ७७९१ नम्बरको सुमोले सोही दिशा तर्फ जाँदै गरेका साईकल यात्री बराहक्षेत्र नगरपालिका–५ का ६० बर्षीय दुखिलाल धामीलाई ठक्कर दिंदा धामी घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी उदयपुरको कटारीबाट मैयाखु तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका–४ मा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा उक्त बोलेरोमा सवार ९ जना घाईते भएका थिए ।

घाईतेहरूलाई उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा कटारी नगरपालिका–१३ का १८ बर्षीय बिष्णु राउतको मृत्यु भएको हो । अन्य घाईतेहरूको सोही अस्पताल उपचार भईरहेको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं