Lite Nepal

शुक्रबार, आषाढ ३१, २०७९

काठमाडौं – अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा एक सय ५९ र इलिनोइसमा एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको सीडीसीले जनाएको छ ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि उपलब्ध अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप ९जेवाईएनएनईओएस० को एक लाख ३२ हजारभन्दा बढी मात्रा देशव्यापी रूपमा लगाइएको छ ।

मङ्कीपक्सका सङ्क्रमित बढ्दै गएपछि स्थानीयस्तरमा खोपको अभावसमेत देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा