Lite Nepal

बिहिबार, आश्विन २७, २०७९

ताप्लेजुङ – नेकपा एमाले ताप्लेजुङले आजबाट चुनावी कार्यक्रम सुरु गर्दैछ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि गाउँ–गाउँ पुगेर प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको एमालेले जनाएको छ ।

आज पहिलो दिन सिदिङवा गाउँपालिका स्थित सादेवामा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार योगेश भट्टराई र प्रदेशसभाका उम्मेदवार तिलकुरमार मेन्याङबो लिम्बु र गोपाल थोप्राले सम्बोधन गर्ने छन् ।

यस्तै भोली शुक्रबार सिदिङवाकै भञ्ज्याङ सब्लाखुमा चुनावी कार्यक्रम राखिएको छ । २९ गते सम्म सिदिङवाकै विभिन्न स्थानमा कार्यक्रम हुने र त्यसपछि अन्य स्थानीय तहमा चुनावी कार्यक्रम हुने एमालेले जनाएको छ ।

हाल चुनावी कार्यक्रम कात्तिक १६ गते सम्मको तय भएको छ ।

यस्तो छ एमाले ताप्लेजुङले तय गरेको चुनावी कार्यक्रमको सूची

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं