Lite Nepal

सोमबार, मंसिर १९, २०७९

ताप्लेजुङ — नेपाल वायु सेवा निगमले विराटनगर–ताप्लेजुङ परीक्षण उडान गरेको छ । नियमित उडान छोडेको १४ वर्षपछि परीक्षण गरेको हो । स्टेसन इञ्चार्ज लोकेन्द्र लिम्बुका अनुसार बिहीबार बिहान यात्रु लिएर काठमाडौंबाट आएको जहाजले ताप्लेजुङ–विराटनगर–ताप्लेजुङ उडान गरेको थियो ।

सिनियर पाइलट पेम्बा शेर्पा र मनिष विष्टले उडान भरेको निगमले जनाएको छ । प्रदेश राजधानी विराटनगर उडान गर्न जिल्लाका नागरिकले माग गर्दै आएका थिए । २०३२ सालमा निर्माण भएको विमानस्थलमा २०६५ सालसम्म विराटनगर–ताप्लेजुङमात्रै उडान हुँदै आएको थियो ।

काठमाडौं–ताप्लेजुङ उडान गर्न थालेपछि निगमले विराटनगर उडान स्थगित गरेको थियो । बिहीबार र शनिबार गरी सातामा दुई दिन काठमाडौं ताप्लेजुङ उडान गर्दै आएको निगमले विराटनगरक नियमित तालिका भने बनाएको छैन । काठमाडौं–ताप्लेजुङ, ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान गरेको तारा एयरले गत वर्षदेखि नियमित नगरेका कारण यात्रुहरुले गाडीबाटै यात्रा गर्नुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा