Lite Nepal

शुक्रबार, पुष २२, २०७९

काठमाडौं – ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेश कुमार भट्टराईले बन्द चीनसँगको सीमा टिपताला नाका खोल्ने कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार परराष्ट्र सचिव भरतराज पौडेल र परराष्ट्र मन्त्रालय सहसचिव एवं दक्षिण पूर्व एसिया र प्यासिफिक डिभिजन विभाग हेर्ने लोकबहादुर थापालाई भेटी नाका सुचारुका लागि पहल गराउन ज्ञापन पत्र समेत बुझाएको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिए।

तिब्बतको सिमाना टिपतलानाका कोभिड १९ को महामारी पछि हालसम्म पनि बन्द छ। भट्टराईले ज्ञापन पत्रमा नाका बन्द भएका कारण फक्तालुङ गाउँपालिका र आसपासका बासिन्दाहरूका लागि दैनिक खाद्यान्न, लत्ताकपडा, औषधी उपचारका सधैं अत्यावश्यक सेवामा समस्या परिरहेको उल्लेख गरेका छन्।

कोभिड १९ पछि बन्द भएका अन्य नाकाहरू खुला हुँदै गए पनि टीपताला नाका भने बन्द रहेको छ। उक्त नाका सञ्चालन गरी त्यहाँका नागरिकको जीवनयापनमा सहजता ल्याउन आवश्यक पहल गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ। यसअघि फक्ताङलुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समेत उक्त नाका सञ्चालन गर्नुपर्ने अनुरोध गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं