Lite Nepal

मंगलबार, चैत्र १४, २०७९

 

काठमाडौं  – हिमाल आरोहणका क्रममा फालिएका सरसामानले हिमालहरु निकै फोहर भैरहेका छन् । हिमालहरुको फोहर हटाउनको लागी नेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्याबरण संरक्षण गर्ने उद्धेश्यले सफा हिमाल अभियान २०२३ शुरु भएको छ ।

जंगी अड्डामा आयोजीत कार्यक्रममा प्रधानसेनापती प्रभुराम शर्माले यस बर्ष सञ्चालन गरिने सफा हिमाल अभियानमा विभिन्न हिमालहरुमा थुप्रिएर रहेका ३५ टन फोहर संकलन गरिने जानकारी दिएका छ्न । अभियानको शुरु गर्दे शर्माले विभिन्न हिमाल सफा गर्न जान लागेका नेपाली सेनाका टिम लिडरलाई नेपाली सेनाको लोगो सहितको झण्डा वितरण गरेका थिए ।

प्रधानसेनापति शर्माले सफा हिमाल अभियान २०२२ मा योगदान पुराउने विभिन्न व्यक्तिलाई प्रशंसा निशाना प्रदान गरेका थिए । यसका साथै यस बर्षको अभियान सफलताको लागी शुभकामना दिए । हिमाल चढ्न गएका पर्यटकले प्रयोग गर्ने अक्सिजन, लगाउने लुगा, खानेकुरा, तथा प्रयोग गर्ने विभिन्न औजारहरुले गर्दा हिमालहरुमा फोहर बढ्दै गएको छ ।

विभिन्न सरकारी निकाय, संघसंस्थाको सहकार्यमा नेपाली सेनाले सन् २०१९ देखी नै सफा हिमाल अभियान सञ्चालन गर्दे आएको छ । उक्त अभियान अन्र्तगत सगरमाथा, ल्होत्से, बरुञचे र अन्नपुर्ण हिमालहरुमा थुप्रिएको फोहर संकलन गरिदै आएको छ । यस बर्ष करिव ३५ टन फोहर संकलन गरेर उचित व्यवस्थापन गरिने नेपाली सेनाको लक्ष छ । चैत १४ देखी जेठ २२ गतेसम्म यो अभियान सञ्चालन हुदैछ ।

नेपाली सेनाका प्रबक्ता कृष्णप्रसाद भण्डारीका अनुसार हिमालहरु बचाउनको लागी प्रयास गरौ भन्ने मुल नाराका साथ सफा हिमाल अभियान शुरु गरिएको हो । अभियान शुरु भएपछि हालसम्म करिव ८० टन फोहर संकलन गरिएको छ । हिमाल आरोहणका क्रममा ज्यान गुमाएका ४ जनाको शव पनि संकलन गरिएको थियो । विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा विश्व तापमानको असरलाई केहि हदसम्म कम गर्नको सहयोग पुराउने नेपाली सेनाको उदेश्य छ ।

यो अभियान शुरु भएपछि हालसम्म नेपाली सेनाले सन् २०२० मा १० हजार ८०० केजी फोहर र ४ वटा मानव मृत शरिर संकलन भएको थियो । यस्तै गरी सन् २०२१ मा २७ हजार ६७१ केजी फोहर संकलन गरेको थियो । यस्तैगरी सन् २०२२ मा ७ हजार १५७ केजी कुहिने र ३३ हजार ८७७ केजी नकुहिने फोहर र २ वटा मानव कंकाल संकलन गरेको थियो ।

सगरमाथा र लोत्से हिमाल जाने टोलीमा १३ जना बरुञचे हिमाल जाने टोलीमा ९ जना र अन्नपुर्ण हिमाल जाने टोलीमा १० जना नेपाली सेना गरी ३२ जनासहित अन्य शेर्पा र सहयोगी समेत सयौ जनाको सहभागीता रहनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा