Lite Nepal

शुक्रबार, चैत्र २४, २०७९

काठमाडौं । नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।

उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् । बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले अनलाइनखबरलाई बताए ।

‘नेपाली सेनाले आफ्नो साइबर स्पेसमा कसैले अनधिकृत पहुँच पुर्‍याएको भन्दै दिएको सूचनाका आधारमा अनुसन्धान थालेका थियौं’, अर्यालले भने, ‘त्यसक्रममा प्रविधिक विश्लेषण र ह्युमन इन्टलिजेन्सका आधारमा यस कार्यमा संलग्न व्यक्तिलाई घरबाटै पक्राउ गरेर ल्याएका छौं ।’

प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाको के के विवरणमा पहुँच पुर्‍याए भन्ने खुलेको छैन उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन । ‘यसबारे विस्तृत अनुसन्धान बल्ल सुरु भएको छ’, एसएसपी अर्याल भन्छन् ।

ढकालविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं