Lite Nepal

बुधबार, आषाढ १९, २०८१

एजेन्सी- भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको संख्या १३४ पुगेको छ ।

हाथरस जिल्लाको फुलराई गाउँमा ‘भोलेबाबा’को प्रवचन कार्यक्रम चलिरहेका बेला भागदौड मच्चिँदा मर्नेको संख्या १३४ पुगेको हो । यद्यपि प्रशासनले भने १२१ जनाको नाम सार्वजनिक गरेको छ ।

प्रवचन सकिएपछि कार्यक्रममा सहभागीबीच अचानक भागदौड सुरु भएको थियो । भागदौडका क्रममा सयौँ सहभागी भीषण गर्मीले बेहोस भएका थिए ।

बुधबार बिहान ११ बजे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्‍यनाथ घटनास्थल पुगेका छन् । उनले त्यहाँ घाइतेहरूसँग संवाद गरेका छन् ।

यस प्रकरणमा उत्तर प्रदेश पुलिसले बुधबार हाथरसमा भएको भागदौड मामिलामा जाहेरी दर्ता गरेको छ । यो केस सत्संगका आयोजकविरुद्ध जाहेरी दर्ता गरेका छन् ।

तर जसको नाममा सत्संग आयोजना गरिएको हो उनीविरुद्ध जाहेरी परेको छैन । नारायण साकार उर्फ भोले बाबाविरुद्ध जाहेरी नपरेको हो ।

जाहेरीमा मुख्य सेवादार देवप्रकाश मधुकर र अन्य आयोजकको नाम किटान गरिएको छ ।

सत्संगका लागि आयोजकले अनुमति माग्दे प्रशासनलाई करिब ८० हजार सहभागी हुने जनाएको थियो । तर यहाँ पुग्ने मानिसको संख्या यसको भन्दा कयौँ धेरै थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा