Lite Nepal

बुधबार, साउन १६, २०८१

तप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक अब खुला प्रतिस्पर्धाबाट छनोट गरिने भएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले गत असार ३ मा स्वीकृत गरेको गठन आदेशमा उल्लेख भए अनुसार १५ दिनको समय राखेर खुला दरखास्त आह्वान गरिने भएको हो । पाथीभरा क्षेत्रलाई अब कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको छ ।

यसअघि संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको थियो । प्रदेशअन्तर्गत आएपछि सामाजिक विकास मन्त्रालयले गठन आदेश बनाई मन्त्रिपरिषद्बाट स्वीकृत गरेको हो । गठन आदेशमा उल्लेख भएअनुसार अध्यक्ष र एक महिलासहितका तीन जना सदस्य प्रदेश सरकारले चयन गर्नेछ । यसअघि संघीय सरकारद्वारा नियुक्त अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक रहने व्यवस्था थियो । चार वर्षको नियुक्ति दिइएका उनीहरूको विषयमा गठन आदेश मौन छ । अहिलेलाई समिति र कार्यकारी निर्देशक नभएसम्म मन्त्रालयले नै हेर्ने मात्रै उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं