Lite Nepal

शुक्रबार, भाद्र ०७, २०८१

धरान- प्रहरीले ठूलो परिमाणमा धरानबाट गाँजा बरामद गरेको छ । धरान–१३ सारंगा मोडबाट प्रहरीले १४२० किलो गाँजा बरामद गरेको हो ।

बिहीबार धनकुटाबाट ट्रकमा ढुवानी गरेर धरान ल्याउँदै गरेको बेला गाँजा बरामद गरेको हो । तयारी अवस्थाका गाँजा सहित प्रहरीले मोरङको सुन्दर हरैँचा–७ गछिया बस्ने ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभुमी गाउँपालिका–७ बस्ने ४१ वर्षीय भूपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

धरान र धनकुटाको सीमानामा पर्ने भेडेटार चेक पोस्ट समेत पार गरेर धरान तिर ठूलो परिमाणमा गाँजा ल्याइरहेको सूचना थाहा पाएपछि इलाका प्रहरी कार्यालय धरानका प्रहरी टोलीले सारंगा मोडमा को १ ख ४७३३ नम्बरको ट्रक रोकेका थिए ।

रोकिएको ट्रकमा खानतलासी गर्दा सागसब्जी फलफूल तरकारी तथा मुलाका केही बोराले छोपिएको अवस्थामा ४४ सेता बोरामा गाँजा बरामद गरिएको थियो । बरामद गाँजा हालसम्मको ठुलो परिमाण भएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशमा सबैभन्दा बढी गाँजा खेती धनकुटाको शहीदभूमि गाउँपालिकामा हुने गरेको छ । त्यहाँ तयार पारिएको गाँजा नेपालमा खपत नभई भारतीय बजारमा तस्करी हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं