Lite Nepal

बुधबार, माघ ३०, २०८१

काठमाडाैं । सरकारी वार्ता समितिले पाथीभरा केबलकारको विपक्षमा आन्दोलन गरिरहेका समूहलाई वार्ताका माध्यमबाट समाधान खोज्न पुनः आग्रह गरेको छ। गृह मन्त्रालयले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो।

गृह मन्त्रालयबाट गठित वार्ता टोली पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न स्थानीय समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ता र संवाद गर्न सदैव तयार रहेको विज्ञप्तिमा उल्लेख छ।

सहसचिवस्तरमा गठित वार्ता टोलीले वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न तोकिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारले अनुरोध गरेको हो।

वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै उक्त समूहले पुनः आन्दोलन घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं