Lite Nepal

शनिबार, फाल्गुण ०३, २०८१

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको स्थापना नै संघीयता कार्यान्वयनको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

कोशी प्रदेश सरकारले सातौँ स्थापना दिवसको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सात वर्षको समीक्षा गर्दै आगामी दिनमा कमजोरी सुधार गर्दै लग्ने सरकारको योजनाको उनले प्रशंसा गरे ।

कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गरेको कामको प्रचार गर्न आग्रह गरे । सरकारको कामको स्वस्थ आलोचना आवश्यक रहेको बताउँदै उनले भौतिक पूर्वाधार र मानवीय सूचकांकको क्षेत्रमा पनि काम गर्ने बताए ।

२०७४ फागुन ३ गते कोशी प्रदेश सरकार स्थापना भएको थियो । नयाँ संरचना स्थापित गरी सञ्चालन गर्न चुनौतीपूर्ण रहेको बताउँदै उनले भने,‘कानुनी शून्यता र संरचनाविहीन अवस्थाबाट सरकारका कार्यसम्पादन गर्दै जनतामा सेवा प्रवाह गर्नु अत्यन्तै जटिल र कठिन थियो । यस्तो कठिन परिस्थितिबाट अगाडि बढेर प्रदेश सरकार आजको मितिसम्म आइपुग्दा यसले आफ्नो आकार ग्रहण गरेर आम जनतामा देखिने, सुनिने र अनुभूति गर्न सक्ने अवस्थामा पुगेको छ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं