Lite Nepal

शुक्रबार, फाल्गुण २३, २०८१

विराटनगर । नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आएको छ । उक्त मत परिणाम अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षलाई नेता विनोद ढकाल पक्षले पराजित गरेको छ ।

ढकाल पक्षबाट उम्मेदवार बनेका पाँचै जना पदाधिकारी विजयी भएका हुन् । निर्वाचन आयोगले भने औपचारिक परिणाम घोषणा गरेको छैन । जिल्ला समिति सदस्यहरूको भने मत परिणाम आउन अझै समय लाग्ने देखिएको छ ।

सार्वजनिक भएको मत परिणाम अनुसार ढकालले अगाडि सारेका अध्यक्षका उम्मेदवार अजम्बर राईले ४४६ मत ल्याउँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत मात्रै ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा ढकाल पक्षका सागर थापाले ४२२ मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ३९१, सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन् ।

यस्तै उपसचिवमा ढकाल पक्षका सन्तोष वान्तवाले ४९० र उषा झाले ४१८ मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ र शिल्पा कार्कीले ४०५ मत ल्याएकी छन् । अधिवेशनमा ८ सय ८८ मत खसेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा