Lite Nepal

आइतबार, चैत्र ०३, २०८१

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण सुरु भएसँगै आन्दोलन र विरोध गर्दै आएको ‘नो केबलकार समूह’ले सरकारसँग वार्ता गर्न वार्ता टोली बनाएको छ ।

सरकारले चैत १ गते मुक्कुमलुङ ताङेसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिलाई सम्बोधन गरेर पत्र लेख्दै वार्तामा बोलाएको थियो । त्यसपछि सरस्वता सिंघक (सरु) को संयोजकत्वमा उक्त समूहले १० सदस्य वार्ता टोली बनाएको हो ।

टोलीको अन्य सदस्यमा कुमार लिम्बू, सूर्यविक्रम चेम्जोङ, धनराज हुक्पा चोङवाङ, दीपक याक्खा, लबन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, सूर्यप्रकाश मावोहाङ (आलोक) र अर्जुन जुम्नेली राई छन् ।

यता सरकारको तर्फबाट भने गृहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा बनेको वार्ता टोलीले यसअघिबाट नै वार्ता गर्दै र संवादको लागि आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं