Lite Nepal

शनिबार, चैत्र १६, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने-कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन् ।

मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलोमात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ ।

हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् ।

केही मलहरूमा लुटपाट गरेका छन् । सरकारी र निजी गाडीहरुमा तोडफोडका साथै आगजनी गरेका छन् । जडीबुढी कम्पनीमा आगो लगाइदिएका छन् ।

त्यस क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो । अहिले स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं