Lite Nepal

सोमबार, बैशाख ०१, २०८२

काठमाडाैं । नेकपा एमालेले यही वैशाख ११ गते युवाहरूलाई लक्षित गरेर काठमाडौँमा ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने भएको छ । नेपालमा राजतन्त्र अन्त्य भएको दिनको अवसरमा पारेर एमालेले यो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

पार्टीको सोमबार बसेको सचिवालय बैठकबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘वैशाख ११ गते जनताले जितेको दिन, निरंकुश राजतन्त्र अन्त्य भएको औपचारिक विजारोपण भएको दिन र २०६२र६३ को आन्दोलन सफलताको दिन हो ।’

जनताले जितेको दिनलाई ‘युथ सेलिब्रेसन’ को रूपमा युवाहरूलाई लोकतन्त्र, स्वतन्त्रता, खुलापन र गणतन्त्रको महत्त्व बताउन काठमाडौँमा ठुलो र भव्य कार्यक्रम गरिने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं