Lite Nepal

शनिबार, आषाढ २८, २०८२

भक्तपुर ।नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले अहिले पनि नौजवान पार्टी भएको बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले ‘पुराना राजनीतिक दलहरू सकिए र पुराना दलहरूको स्थान नयाँले लिन्छन्’ भन्ने भाष्य सिर्जना गरिएको धारणा व्यक्त गरे।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ राजनीतिक दलहरू त्यसमा आश गरेर बसिरहेको बताए। भट्टराईले रास्वपा ‘पुराना दलहरू कहिले सकिएलान् र त्यो ठाउँमा बसौँला’ भन्ने आशमा रहेको भन्दै दाबी गरेर मात्रै नयाँ नभइने र किन नयाँ राजनीतिक दल भन्ने कुरा प्रमाणित गर्न सक्नुपर्नेमा जोड दिए।

सचिव भट्टराईले भने, ‘यहाँ पुराना दलहरू अब सिद्धिँदै छन्। पुराना दलहरूको स्थान नयाँ दलले लिँदैछ भन्ने कतिपयका भाष्यहरू छन्। कविन्द्रजीहरू त्यसमा आश गरिरहनुभएको छ। पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिउँला भनेर। उहाँहरूको त्यो आशा छ। उहाँहरूको मुख्य नारा नै त्यही हो। पुराना दल सिद्धिए अब हामी। किन हामी भन्ने कुराको प्रश्न छ। पुराना दलले के गरे, किन हामी भन्ने छ।’

उनले थपे, ‘दाबी गरेर मात्रै त हुँदैन। मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ। राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो। एमाले स्थापित भएको ७० वर्ष भयो। एमाले आज पनि नौजवान पार्टी हो। काँग्रेस आज पनि नौजवान पार्टी हो। कतिपय सन्दर्भमा कविन्द्रजीहरूको रास्वपा भन्दा पनि नौजवान हो। यो पार्टी हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रूपान्तरण गर्दै आएको छ।’

उनले राजनीतिक दलको कहिले पनि मृत्यु नहुने र राजनीतिक दल जहिले पनि पुनःगठित हुँदै जाने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं