Lite Nepal

बिहिबार, पुष १७, २०८२

विराटनगर । सुनसरीको लौकही बजार थप तनावग्रस्त बनेको छ ।

सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएपछि तनावग्रस्त बनेको लौकही थप तनावग्रस्त बनेको हो । स्थानीयले सशस्त्र प्रहरीको ब्यारेकमै ढुंगामुढा गरेका छन् भने प्रहरी बिटमा आगजनी गरेका छन् ।

यस्तै मृतक साहको शव सडकमा राखेर स्थानीयले प्रदर्शन गरिरहेका छन् । जसले गर्दा पूर्व पश्चिम सडक पूर्णरूपमा ठप्प भएको छ । खण्ड हुँदै चल्ने सवारीका साधन चल्न सकेका छैनन् ।

स्थितिलाई नियन्त्रण लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं